नेपाल र भुटान यु १९ महिला फुटबल बराबरीमा सकियो
काठमाडौं । यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानबिच १–१ को बराबरी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो ।
दोस्रो हाफ सुरु भएको दुई मिनेट भित्रै सुशिला केसीले नेपाललाई अग्रता दिलाएकी थिइन् ।
फुन्ट्शो छोडेनले ८०औं मिनेटमा भुटानका लागि बराबरी गोल फर्काइन् ।
भुटानको यु १६ र यु १९ महिला टोली मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो ।
यु १६ को भुटानको टोलीले भने नेपालविद्ध जीत निकालेको थियो ।