अमेरिकाबाट एक वर्षमा सात लाख बढी गैर कानुनी आप्रवासीलाई देश निकाला गरेको बाइडेन प्रशासनको दाबी
पेन्सिल्भेनिया, अमेरिका/ अमेरिकामा अवैध आप्रवासीको ओइरो लगाएको आरोप खेप्दै आएको राष्ट्रपति जो बाइडेन प्रशासनले सन् २०२४ मा सात लाख भन्दा बढी गैर कानुनी आप्रवासीलाई फिर्ता पठाएको दाबी गरेको छ।
जबकि यही एजेन्डा बोकेर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेका थिए। ट्रम्पले अमेरिकामा रहेका अवैध आप्रवासी भित्राउन बाइडेन प्रशासनको ठुलो भूमिका रहेको आरोप लगाएका थिए।
‘अघिल्लो आर्थिक वर्ष, एफवाई २०२४ मा, डीएचएसले सात लाख ४२ हजार भन्दा बढी व्यक्तिहरूलाई हटायो वा फिर्ता गर्यो।‘ अमेरिकी होमल्याण्ड सुरक्षा विभाग (डीएचएस) द्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ।
विभागले सन् २०१० यताको यो सबै भन्दा ठुलो संख्या भएको समेत दाबी गरेको छ।
‘अमेरिकामा रहनको लागि कानुनी आधार स्थापना नगरेका व्यक्तिहरूलाई समयमै प्रशोधन र हटाउने माध्यमबाट अनियमित आप्रवासनलाई रोक्न विभागको निरन्तर सहयोगको अर्को उदाहरण हो।‘डीएचएसको विज्ञप्तिमा भनिएको छ।
‘नोभेम्बरको अन्त्यसम्म, डीएचएसले चीन, कोलम्बिया, इक्वेडर, पेरु, इजिप्ट, मौरिटानिया, सेनेगल, उज्बेकिस्तान र भारतलगायत एक सय ६० भन्दा बढी देशहरूमा सात सय ४० भन्दा बढी अन्तर्राष्ट्रिय स्वदेश फिर्ता उडानहरू सञ्चालन गरेको छ। ‘विज्ञप्तिमा उल्लेख छ।
डीएचएसले अवैध रूपमा अमेरिका बसोबास गरी रहेका चिनियाँ नागरिकलाई फिर्ता पठाउन पछिल्लो ६ महिनामा चार ठुला विमान चार्टर गरेको पनि जनाएको छ।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) मार्फत छ महिनाभन्दा कम अवधिमा चीनमा चौथो ठुलो फ्रेम चार्टर उडान सञ्चालन गरेको डीएचएसले उल्लेख गरेको छ।
‘अमेरिकी सरकारले छ महिनाभन्दा कम अवधिमा चिनियाँ गैर कानुनी विदेशीहरूलाई जनवादी गणतन्त्र चीन (पीआरसी) मा फिर्ता गर्ने चौथो “ठुलो फ्रेम चार्टर रिमुभल उडान” कार्यान्वयन गरेको छ। ‘होमल्याण्ड सुरक्षा विभागले घोषणा गरेको छ।
डीएचएसको तथ्याङ्क अनुसार सन् २००७ देखि २०१८ सम्म, केवल चार हजार तीन सय २९ चिनियाँ नागरिकहरू अमेरिकामा लुकेर बसेका थिए। तर २०२४ मा मात्रै त्यो संख्या बढेर ७८ हजार सात सय एक पुगेको छ। डिएचएसको तथ्याङ्क अनुसार, सन् २०२२ मा , त्यो संख्या २७ हजार सात सय ५६ मात्र थियो, २०२३ मा ५२ हजार साथ सय बढ्यो।
‘डिसेम्बर नौ को उडानले अमेरिकामा रहन कुनै कानुनी आधार नभएका चिनियाँ नागरिकहरू बोकेका थिए। ‘विज्ञप्तिमा भनिएको छ।
२०२२ देखि २०२२४ सम्मको तीन आर्थिक वर्षहरूमा, ३० हजार तीन सय सात जना उत्तरी नाकाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेको डिएचएसले उल्लेख गरेको छ।
“संयुक्त राज्य अमेरिकाले आप्रवासन कानुन लागू गर्न जारी राखेको छ,” विभागले भनेको छ, “कानुनी आधार नभएकाहरूलाई तुरुन्तै हटाइनेछ।”
डीएचएसले तस्करहरूको विश्वास नगर्न पनि आग्रह गरेको छ।
‘हाम्रो सन्देश स्पष्ट छ: तस्करहरूको झूट विश्वास नगर्नुहोस्। संयुक्त राज्य अमेरिकाले आप्रवासन कानुन लागू गर्न जारी राख्छ, र कानुनी आधार नभएकाहरूलाई तुरुन्तै हटाइनेछ।‘विज्ञप्तिमा भनिएको छ।
‘सीमा सुरक्षा र त्यससँगै अन्तरिम अन्तिम नियम सम्बन्धी जुन ४ को राष्ट्रपतिको घोषणा, जुन सेप्टेम्बर ३० मा अन्तिम रूप दिइएको थियो, जुन अपडेट गरिएको घोषणापछि लागू भएको थियो, ६० भन्दा बढी लगायत गैर कानुनी सीमा नाकाहरूमा निरन्तर, अर्थपूर्ण कमी आएको छ। ‘विज्ञप्तिमा उल्लेख छ।