सभापति लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
गण्डकी/ सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको बिहिवारको इजलासले उक्त आदेश दिएको हो ।
सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
लामिछाने कार्तिक दुई गते देखि थुनामा छन्।
उनलाई काठमाडौ, रुपन्देही, चितवन र पर्सामा पनि बयान गरिएको छ।