अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा
काठमाडौं । तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी नेपाली समय अनुसार आइतबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् ।
लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री छन् ।
भारत र श्रीलङ्काको भ्रमणपछि उनी नेपाल आएका हुन् । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहेका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न आएको अमेरिकी दूतावासले जनाएको छ । उनको भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई सुदृढ पार्ने दूतावासको भनाइ छ ।
अमेरिकाले वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धतालाई जोड दिएको छ ।