न्यु योर्कमा हुने आईएमए कराते च्याम्पियनसिपमा दुई सय भन्दा धेरै खेलाडी प्रतिस्पर्धामा

Getting your Trinity Audio player ready...
|
न्यु योर्क/ “आईएमए कराते च्याम्पियनसिप न्यु योर्क २०२४” मा दुई सय भन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
च्याम्पियनसिप डिसेम्बर आठ तारिख आइतबार न्यु योर्कको क्विन्समा आयोजना हुँदै छ।
च्याम्पियनसिप आईएमए निहोन कराते डो युएसएले आयोजना गर्न लागेको हो। यस डोका संचालक तथा प्रमुख प्रशिक्षक सिहान शान्त थोकर हुन्। उनी अमेरिकामा कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्। उनले १७ वर्ष अगाडि न्यु योर्कमा स्कुल स्थापना गरेका थिए। उनी युएस करातेबाट दोहोरो रेफ्री लाइसेन्स प्राप्त व्यक्ति हुन्।
‘शुक्रवार मध्यरात सम्ममा नाम दर्ता गर्नेको संख्या दुई सय नाघेको छ।‘समाज टाइम्स सँगको कुराकानीमा थोकरले भने।
थोकरले यस अगाडी नै च्याम्पियनसिप सम्पूर्ण नेपालीको पनि गौरभ भएकाले त्यसलाई सफल बनाउन समुदाय सँग अपिल गरेका छन्।
प्रशिक्षक थोकरले च्याम्पियनसिपमा आठ देशका खेलाडीले नाम दर्ता गरेको बताए। उनका अनुसार सबै भन्दा धेरै अमेरिका बाट नै छन्।
‘च्याम्पियनसिपका लागि सबै तयारी पुरा भइसकेको छ।’ थोकरले भने, ‘न्यु योर्कमा हुँदै आएका च्याम्पियनसिप भन्दा पृथक् बनाउन खोजिएको छ र त्यसमा पनि नेपाली आथित्यता देखाउने हामीले प्रयास गर्ने छौ।‘
उनले आफूले इतिहास बनाउन लागेको पनि बताए। ‘इतिहास बनाउन खोजिएको हो, सबैले गरेका छन् उहाँहरूले पनि गरेका छन्, उहाँहरूको भन्दा कसरी पृथक् बनाउने भन्नका लागि मलाई समुदायको सहयोग चाहिन्छ।’
‘म कर्ता हुँ, १७ वर्ष देखि म नेपाल चिनाउँदै हिँडिरहेको छु, विश्वमा म जहाँ गए पनि नेपालको हो भनेर चिन्छन्, मैले एउटा नेपाल बोक्ने हो, म कर्ता हो यसलाई सफल बनाउन तपाईँहरूको सहयोग चाहिन्छ।’ थोकरले भने।
च्याम्पियनसिपमा काता र कुमुतेमा एक सय ३२ इभेन्टमा एक सय ३२ स्वर्ण पदक एक सय ३२ रजत र २ सय ६२ काश्य पदक गरी कुल पाँच सय २८ पदकका लागि प्रतिस्पर्धा हुने छ।
यस्तै तीन वटा ट्रफी पनि प्रदान गरिने छ। ग्राण्ड च्याम्पियनले १४ सय डलर समेत पाउने छन्।
र यो पनि..