एनपीएलमा लुम्बिनीलाई हराउँदै विराटनगरको पहिलो जीत

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगरक किंग्सले पहिलो जीत दर्ता गरेको छ । लुम्बिनी लायन्सले दिएको १९२ रनको विशाल लक्ष्य विराटनगर १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै २ विकेटको जीत दर्ता गरेको हो ।
अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक रहेका बेला लुम्बिनीका बलर विवेक यादव आएका थिए । उनको खराब बलिङको फाइदा उठाउँदै क्रिस सोलले विराटनगरलाई पहिलो जीत दर्ता गराए । विराटनगरले यसअघि लगातार २ खेलमा पराजय भोगेको थियो भने लुम्बिनीले हारका साथ प्रतियोगिताको सुरुआत गरेको छ ।
विराटनगरको इनिङ सुरुआत लोकेश बम र इस्मत आलमले गरेका थिए । ओपनर लोकेश बमले ४७ बलमा ७१ रनको सानदार पारि खेले । उनले ६ छक्का र ३ चौका प्रहार गरे । इसमत आलम भने खाता नै नखोली पभेलियन फर्किए ।
मार्टिन गप्टिलले १७ बलमा २८ रनको पारि खेल्दा ६ चौका प्रहार गरे । राजेश पुलामीले ४ रन बनाउँदा आजको फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका निकोलस क्रिटोनको ब्याटबाट खाता पनि खुल्न सकेन । यसैगरी बसिर अहमदले २३ बलमा ४० रन बनाए ।
उनले १ छक्का र चार चौका प्रहार गरे । दीपक बोहोराले ९ रनको नटआउट पारि खेल्दा प्रतिश जिसीले ६ प्रहार गरे । यस्तै कप्तान सन्दीप लामिछाने १ रन बनाएर आउट हुँदा अन्त्यमा क्रिस सोलले ४ बलमा १४ रनको नटआउट पारि खेल्दै टिमलाई पहिलो जीत दिलाए । उनले १ छक्का र २ चौका प्रहार गरे । लुम्बिनीका रामोन सिमोन्स र साद विन जाफरले दुई दुई विकेट लिँदा दुर्गेश गुप्ताले ३ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो ।
लुम्बिनीका ४ खेलाडी रनआउट भएको खेलमा कप्तान रोहित पौडेलले २९ बलमा ४५ रनको पारि खेले । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए । यसैगरी टम मुर्सले १७ बलमा ३० रन बनाउँदा अर्जुन साउदले १९ बलमा १७ रनको योगदान गरे । आसुतोष घिरघिरैयाले १३ बलमा १५ रन बनाए । साद विन जाफरले १५ रन बनाउँदा सन्दीप जोराले १२ रन जोडे ।
बेन कटिङ ६ रन बनाएर रनआउट हुँदा ६ रन जोडे । विवेक यादव र रेमोन सिमोन्ड्सले पारि पुरा गरेका थिए । विवेकले ७ बलमा १९ रनको आक्रामक नटआउट पारि खेले । विवेकले ३ छक्का प्रहार गरे । सिमोनले ३ बलमा २ रन बनाएर नटआउट रहे ।
विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक एक विकेट लिए ।