पाकिस्तानका सोहेल तनभिरले चितवबाट एनपीएल खेल्ने
काठमाडौं । आउँदो नोभेम्बर ३० (मंसिर १५) बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तनभिरलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।
बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ-हातका तनवीरलाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ । राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् ।,उनको गौरवशाली र विस्तारित क्रिकेटिङ करियर अझै चलिरहने विश्वास छ ।
‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’ : सोहेल तनभिरले भने ।
‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं । उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’ चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताए ।