उप निर्वाचनको मौन अवधि आज रातिदेखि सुरु
काठमाडौं । नेपालमा स्थानीय तहको उपनिर्वाचनका लागि विहीबार रातिबाट मौन अवधि शुरु हुँदैछ ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि विहीबार राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको हो ।
निर्वाचन स्वच्छ र निष्पक्ष होस् भन्ने उद्देश्यले आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि लागू गर्ने व्यवस्था गरेको छ ।
यस अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैनन् ।
आगामी आइतबार हुने उपनिर्वाचनमा ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मतदान हुन लागेको हो ।
चुनावका लागि मतदान गर्न १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् ।