प्रवासी नेपाली मञ्च न्यु योर्क कमिटीमा खडायत सर्वसम्मत
पेन्सिल्भेनिया । नेकपा एमालको भ्रातृ संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अमेरिका अन्तर्गत न्यु योर्कको तेस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
आइतबार भएको अधिवेशनले बलभद्र खडायतको अध्यक्षतामा कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा ईश्वरी मास्के, सचिवमा शम्भु राई रहेका छन् । यसैगरी अनुज लामिछाने, दिलीप श्रेष्ठ, सुजी गुरुङ, अक्कल तामाङ, वाङजु शेर्पा, सुवास गौडेल, निशा ढुंगाना, बाबुराम शर्मा सदस्यमा सर्वसम्मत भए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा धादिङ समाजका उपाध्यक्ष सागर अधिकारी, गोरखा समाजका अध्यक्ष खाम भट्ट, एनआरएनए न्युयोर्क उपाध्यक्ष लक्ष्मी थापा, ओएनएफ अमेरिका महादेश कमिटी सदस्य अशोक कार्की अन्तर्राष्ट्रिय तामाङ समाज उप सचिव लक्यन लामा, दोलखा समाज अध्यक्ष भोजराज थोरक, नेपाली समाज लङ आइल्याण्ड महासचिव राजेन्द्र कार्की, जमैका नेपाली समाज कृष्ण आचार्य, प्रवासी नेपाली मञ्च सल्लाहकार सदस्य फुरी शेर्पा, ओएनएफ युएसए अध्इक्ष कृष्ण लामिछाने, प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटी महिला विभाग प्रमुख कुन्ती थापा लगाएतले पनि शुभकामना दिएका थिए ।