रेमिट्यान्स पठाउने कम्पनीमा सिटी एक्सप्रेस उत्कृष्ट करदाता
काठमाडौं । विदेशबाट नेपालमा पैसा पठाउने सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । सिटी एक्सप्रेसको यो उत्कृष्ट करदातको रुपमा पहिलो सम्मान हो ।
आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।
कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ ।
कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
अर्थमन्त्री बिष्णु पौडेलले सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरेका थिए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायतका देशबाट नेपालमा रेमिट्यान्स पठाउन भूमिका खेल्दै आएको छ ।