पेन्सिल्भेनियामा अर्काको डेबिट कार्ड प्रयोग गरेपछि…
पेन्सिल्भेनिया । अमेरिकाको पेन्सिल्भेनियामा अर्काको डेबिट कार्ड प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् ।
ईस्ट डोनागल टाउनशिपको हेर्स मार्केटमा एक व्यक्तिले अर्काको डेबिट कार्ड प्रयोग गरेर किनमेल गरेका थिए । अक्टोबर २३ तारिखमा पीडितले डेबिट कार्ड हराएको भन्दै पेन्सिल्भेनिया प्रहरीलाई जानकारी गराएकी थिइन्।
प्रहरीले सिसीटिभी फुटेजको अध्ययन गरेर पीडकलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा स्टुआर्ट शंक रहेका छन् । उनलाई एक्सेस डिभाइस फ्राड र चोरीको अभियोगमा गिरफ्तारी गरिएको हो ।
पिडित र पीडक दुवैको राष्ट्रियता सार्वजनिक गरिएको छैन भने आरोपितलाई अदालतमा पेश गर्ने तयारी गरिएको छ ।