घलेले बोलाएको बैठकलाई बद्री समूहले स्वागत गरेको हो?
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. बद्री केसी समूहले डा. शेष घलेले बोलाएको उच्चस्तरीय समितिको बैठकको स्वागत गरेको छ ।
घलेले मंसिर चार गते अर्थात नोभम्बर १९ तारिखकको दिन काठमाडौंस्थित सचिवालयमा बैठक बोलाएका हुन् । दशौं अधिवेशन विवादास्पद भएपछि घले बालुवाटारको सचिवालय गएका छैनन् ।
घलेले सर्वोच्च अदालतको फैसला अनुसार सचिवालयमै बैठक बोलाउँदै अहिले बालुवाटारबाट काम गरिरहेको डा. बद्री केसी समूहको प्रतिक्रिया कस्तो रहँला भन्ने कौतुहलता धेरैलाई रहेको थियो ।
समूहका प्रवक्ता फणिन्द्र पन्तले समाजटाइम्ससँग प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयमार्फत एकताको महाधिवेशन आयोजना गर्ने पत्र केहि समय अघि दिइएको थियो। अदालतको निर्णयको करिब ९ महिना बितिसकेपछि पहिलो औपचारिक बैठक बोलाइएकोमा अन्तर्राष्ट्रिय सचिवालयमा स्वागत गर्न तयार रहेको बताएका छन् ।
साथै उनले प्रक्रिया समय सान्धर्भिक नभय पनि अब उचित हल खोजि बढ्नु पर्नेमा जोड पनि दिए ।
उनले भनेको जस्ताको तस्तै
सर्वोच्च अदालतको यही अगस्त २०२४ को पछिल्लो फैसलाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनलाई वैधानिकता दिएकोमा हामी यस निर्णयको सम्मान गर्दै संघको एकता र प्रगतिको दिशामा अघि बढ्ने दृढ प्रतिबद्धता जनाउन चाहन्छौं । अदालतको यस फैसलाले निर्वाचित कार्यसमितिलाई आफ्नो कार्यकालभर काम गर्ने र प्रत्येक २/२ वर्षमा महाधिवेशन सम्पन्न गर्ने अधिकार प्रत्यायोजन गरेको हुँदा, वर्तमान कार्यसमिति सबैलाई सम्मान र संवादको माध्यमबाट विश्वासमा समेट्दै अघि बढ्न कटिबद्ध छ ।
सर्वोच्च अदालतको पहिलो निर्णय, जुन गत अप्रिल २०२४ मा आएको थियो, त्यसमा एनआरएनएको दशौँ महाधिवेशनका विवादहरू समाधान गर्न ८१ औं आईसीसी बैठकद्वारा गठन गरिएको उच्चस्तरीय समितिका संयोजक पूर्वअध्यक्ष शेष घलेलाई जिम्मेवारी सुम्पिएको थियो । यस समितिलाई परराष्ट्र मन्त्रालयमार्फत एकताको महाधिवेशन आयोजना गर्ने पत्र केहि समय अघि दिइएको थियो । अदालतको निर्णयको करिब ९ महिना बितिसकेपछि पहिलो औपचारिक बैठक बोलाइएको छ, जसलाई हामी अन्तर्राष्ट्रिय सचिवालयमा स्वागत छ । यस प्रक्रिया समय सान्धर्भिक नभयपनि अब उचित हल खोजि बढ्नु पर्दछ । गल्ति गर्ने ले प्रयास्चित गर्ने, र छलफल मार्फत १० औ अधिबेशनलाइ तितो एथार्थ को रुपमा अभिलेखीकरण गर्ने अवसर पनि हुन सक्छ ।
हामी शेष घलेज्यूसहितका अग्रजहरूसँग सहकार्य गर्दै अगाडिका दिनमा संस्थाका दीर्घकालीन विवाद तथा आन्तरिक मतभेदलाई वैधानिक रूपमा समाधान गर्न तयार छौं । यो साझा प्रयासले एनआरएनएलाई अझ सुदृढ, एकीकृत र सबल बनाउनेछ ।
मलाई विश्वास छ कि वर्तमान कार्यसमिति आवश्यक व्यवस्थापन गर्न सक्षम छ। मेरो तर्फबाट पनि संस्थाको प्रजातान्त्रिक प्रणाली, विधि, र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वान गर्दछु ।