शेष घलेले बोलाए एनआरएनए उच्चस्तरीय समितिको पहिलो बैठक
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको एकताको अधिवेशन गराउने जिम्मा पाएका डा. शेष घलेले उच्चस्तरीय समितिको बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार एनआरएनएको दशौं र ११ औं अधिवेशन अवैध भएका छन् भने एकताको अधिवेशन गराउने जिम्मा घलेलाई दिइएको छ ।
केही समय अघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बोलाएको बैठकमा सहभागीहरुले एकताको अधिवेशन गराउनु पर्नेमा जोड दिएका थिए ।
घलेले आन्तरिक छलफल गरेपछि आगामी नोभेम्बर १९ तारिख (मंसिर ४गते) का लागि बैठक बोलाएको एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले जानकारी दिए ।
घलेले एनआरएनएको सचिवालय बालुवाटारमै दिउँसो ३ बजेदेखि ५ बजेसम्म बैठक बस्ने गरी सम्बन्धितहरुलाई सूचना पठाएका हुन् । सर्वोच्चको फैसला चैत २१ मा भए पनि पूर्ण पाठ सार्वजनिक ढिला गरी भएको थियो । त्यसपछि पनि फैसला कार्यान्व्यन नभएपछि परराष्ट्रले फैसला कार्यान्वयनका लागि पहल गरेको थियो ।
घलेले पठाएको सूचनाको व्यहोरा यस्तो छ ।
सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९-WO-१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०।१२।२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाई दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१।०८।०४ गते, मंगलबार (तदानुसार सन् २०२४ नोभेम्बर १९ तारिख), समय दिनको ३:०० बजे देखि – ५:०० बजे सम्म र स्थान काठमाण्डौ जिल्ला, का.म.न.पा. वडा नं. ४, बालुवाटार सुवर्ण शम्शेर मार्गमा अवस्थित गैर आवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नको निम्ति उच्च स्तरीय समितिको बैठक आवहान गरिएको जानकारी गराइन्छ ।
शेष घलेले बोलाएको बैठकलाई बद्री समूहको स्वागत !
November 12, 2024 @ 10:54 am
[…] घलेले बोलाए बैठक […]