‘मा’ ले सर्लाहीमा बाढ्यो बाढी पीडितलाई त्रिपाल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ मधेशि एसोसियसन इन अमेरिका (मा) संस्थाले नेपालमा सर्लाहीको बलरा नगरपालिकाका बाढी पीडित दलित समुदायलाई त्रिपाल वितरण गरेको छ।
मा का केन्द्रीय अध्यक्ष डा. संगित रौनियारका अनुसार गत आइतबार नोभेम्बर ४ तारिख प्रगतिशील सामुदायिक संस्था सँग सहकार्य गरेर एक कार्यक्रममा ८० परिवारलाई त्रिपाल वितरण गरिएको हो।
दशैको केही दिन अगाडि नेपालका विभिन्न ठाउँमा बाढीले क्षति पुर्याएको थियो । मा संस्थाले बाढी पीडितको सहयोगको लागि रकम सङ्कलन गरेको थियो। उठेको रकम अनुसार जति सक्दो सहयोग गरेको मा संख्याले बताएको छ ।
‘यो त्रिपालले चुहिरहेको छानो छोप्न काम आउने छ र घरमा धेरै क्षति भएकोलाई खुल्ला आकाश मुनि बस्नुपर्दैन । यसले केही सहयोग मिल्ने छ।‘ अध्यक्ष रौनियारले भने।
मा संस्थाले रकम दिने सबै दातालाई धन्यावाद समेत दिएको छ।
‘यो कार्यक्रम गर्नमा र त्रिपाल वितरणमा सहयोग गरेकोमा प्रगतिशील सामुदायिक संस्था, स्थानीय नेताहरू र स्वयंसेवक हरूलाई पनि धन्यवाद दिन्छु।‘ अध्यक्ष रौनियारले भने।
यसका साथसाथ मा संस्थाको प्राकृतिक प्रकोप निवारण समिति र त्यसको नेतृत्व गर्न मनोज सिंह लाई यसको संयोजन गरेकोमा विशेष धन्यवाद दिएको छ । मा संस्थाले आगामी दिनहरूमा पनि यसरी नै समाजको लागि काम गर्न र सबैको सहयोग को अपेक्षा गरेको डा. रौनियारले बताए।