नेपाली कांग्रेसले थप्यो जनसम्पर्क विभाग सदस्य, अमेरिका र क्यानडा निल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू थपेको छ। पार्टीले यस अगाडि केन्द्रीय सदस्य बागलुङका किरणराज शर्मा पौडेललाई विभागको प्रमुख बनाएको थियो।
पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा शुक्रवार जारी विज्ञप्तिमा सभापति शेर बहादुर देउवाले २८ जनालाई विभाग सदस्यमा मनोनयन गरेको उल्लेख छ।
‘कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री किरणराज शर्मा पौडेल प्रमुख रहनु भएको नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गर्नु भएको छ । ‘पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।
रोचक कुरा विभागमा २८ जनाले ठाँउ पाउदा अमेरिका र क्यानडाबाट कोही पनि समेटिएका छैनन्।
कांग्रेस सभापति देउवाद्वारा जनसम्पर्क समिति विभागमा मनोनयन सदस्यहरू
१– श्री नरेन्द्रबहादुर भाट, डडेल्धुरा
२– श्री दिलबहादुर गुरूङ्ग, मनाङ
३– श्री पूर्णबहादुर हमाल बाग्लुङ
४– श्री पेमा नीमा शेर्पा, ओखलढुंगा
५– श्री नारायण सुवेदी, चितवन
६– श्री कृष्ण गिरी (जगन्नाथ), झापा
७– श्री नारायण खरेल, काठमाडौं
८– श्री गिरीराज कुँवर, चितवन
९– श्री कुलप्रसाद गुरूङ्ग, कास्की
१०– श्री हिक्मत थापा, कैलाली
११– श्री राजु रेग्मी ’राज’, बाग्लुङ
१२– श्री शालिकराम डुम्रे, स्याङ्जा
१३– श्री सीता अर्याल, धादिङ
१४– श्री सुनिता जी.सी. कुँवर, गुल्मी
१५– श्री पुरुषोत्तम खनाल, काठमाडौं
१६– श्री गोविन्द परियार, तनहूँ
१७– श्री शिवकुमार यादव, धनुषा
१८– श्री प्रकाश अधिकारी, काठमाडौं
१९– श्री ऋषि शर्मा, सुर्खेत
२०– श्री मोहन गुरूङ्ग, पर्वत
२१– श्री इन्द्रकमल बुढ़ाथोकी, चितवन
२२– श्री जगदीश पौड़ेल, स्याङ्जा
२३– श्री कृष्णप्रसाद अधिकारी, अर्घाखाँची
२४– श्री राजु के.सी., रूकुम
२५– श्री इश्वरीप्रसाद जोशी, कञ्चनपुर
२६– डा. अबिरल निधि, धनुषा
२७– डा. मनोर दिन सैयद, स्याङ्जा
२८– श्री कृष्ण पौडेल, रूपन्देही