अमेरिकाबाट अगोम गुरुङले ल्याए ‘हामी नेपाली’
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा व्यवसाय गर्दै आएका अगोम गुरुङले तिहारको छेको पारेर ‘हामी नेपाली’ गीत बजारमा ल्याएका छन्।
गीतकार, सङ्गीतकार तथा कुशल व्यवस्थापक अगोमले ह्यारिसबर्गको डेरी स्ट्रिटमा मम्स मम सञ्चालन गर्दै आएका छन्। उनको स्टोर सामान्य मम रेस्टुरेन्ट मात्र नभएर नेपाल संग्रालय झल्काउने रहेको छ।
लामो समय देखि नेपाली गीत सङ्गीतमा योगदान दिँदै आएका अगोमले तिहारको अवसरमा ल्याएको नयाँ गीतमा अञ्जु पन्त, विनोद राई, भावना थापा र साइराज खातीको स्वर रहेको छ।
यस्तै कोरस स्वरमा दिपा तामाङ, सुष्मा लिम्बु, इन्द्र गुरुङ र करसाङ लामा रहेका छन्। हामी नेपालीको गीत/सङ्गीत अगोम गुरुङ आफै रहेका छन्।