नेपाली जनताले पुराना दललाई गाली गर्छन् भन्ने सत्य होइन: बिष्णु पौडेल

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, अमेरिका/ नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेले नेपाली जनताले पुराना दल र तिनका नेतालाई गाली गर्छन् भन्ने कुरा सत्य नभएको बताएका छन्।
विश्व बैकको बैठकमा भाग लिन अमेरिका आएका सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलले आफूहरू नयाँ दल सँग नडराएको समेत दाबी गरे।
समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरे सँगको विषेश कुराकानीमा उपप्रधानमन्त्री पौडेलले भने ‘राणा पञ्चायत र राजा सँग नडराएको कांग्रेस एमालेले नयाँ दल सँग डराउँदैन।‘
साथै उपप्रधानमन्त्री पौडेलले एनआरएनए नागरिकताका बारेमा सरकार संवेदनशील रहेको बताए। उनले प्रवासीको मतदान गर्ने अधिकारमा सुरक्षित गर्न सरकार लाग्ने बताए।
उपप्रधानमन्त्री पौडेलले कांग्रेस एमालेको गठबन्धन २०८४ सम्म कायम रहने दाबी समेत गरे।
पौडेल सँगको थप कुराकानी भिडियोमा