केप कडमा दशैं शुभकामना साँझ सम्पन्न
मासाच्युसेट्स/ केप कड नेपाली समाजको आयोजनामा बडा दशैं २०८१ को “दशैं शुभकामना साँझ” केप कडमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा अक्टोबर ११ तारिख, शुक्रवारका दिन हायानीस स्थित केप कोड आयरिश भिलेजमा भएको कार्यक्रम समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालले संयुक्त रूपमा सञ्चालन गरेका थिए।
कार्यक्रमको अध्यक्षता ग्रहण, विशेष अतिथि लगायत दशैं विशेष कार्यक्रमका संयोजकहरूको आसन ग्रहण गरी दुवै देशको राष्ट्रिय गानबाट औपचारिक रूपमा कार्यक्रम सुरु गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष तथा दशैं विशेष कार्यक्रमका प्रमुख संयोजक बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्दै विजया दशमीको शुभकामना व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिको रूपमा किथ रोजरीज इन्टरनेशनलका मार्शल आर्ट्स एकेडेमीका ग्रैंड मास्टर, सेन्सी किथ रोजरीको उपस्थिति रहेको थियो। उनले नेपालीहरूको महान् चाडमा आमन्त्रण गरेकोमा धन्यवाद दिँदै उपस्थित सबैलाई दशैंको शुभकामना पनि दिए।
कार्यक्रमलाई सव्य अनि भव्यताका साथ सफल बनाउनको लागि आर्थिक सहयोग प्रदान गर्ने ध्रुव थापा, एशियाई बिस्ट्रो नान्टकेटका भरत/प्रमीला बन्जारा, बार्नस्टेबल मार्केटका टेक लामा, क्षितिज गौतम, पेपर प्यान्ट्री का घनश्याम रैला, अशोक पराजुली लाई खादा ओडाएर सम्मान गरिएको थियो। आर्थिक सहयोग समितिमा संयोजक प्रमीला धमला बन्जारा र सदस्यहरूमा केवी राई र कृष्ण तिम्सिना थिए ।
युवा संयोजक कुमार तामाङको संयोजकत्वमा स-साना खेलाडीहरूले एकल तथा सामूहिक रूपमा मार्शल आर्ट्सको प्रदर्शन गरेका थिए ।
स्थानीय कलाकारका नाचगानका प्रस्तुतिहरूले भरिएको दशैं विशेष सांस्कृतिक कार्यक्रमलाई समाजका सल्लाहकार, संस्थापक अध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक, हरि राई एवं समाजका कार्यकारी सदस्य सीताराम राईले संयुक्त रूपमा सञ्चालन गरेका थिए।
कार्यक्रममा सांस्कृतिक समितिमा सदस्यहरू पार्वती चालिसे, ज्योति बुढाथोकी लिवांग र रवीना लामा थिए। खाना व्यवस्थापनको संयोजन उपाध्यक्ष कुवेर विन्दुकार र सहयोगिहरू छेजी शेर्पा एन्ड्रयु, समिर ओझा टिका तामाङ थिए।
यस्तै हलको व्यवस्थापन कार्यकारी सदस्य ज्योति केसी इच्छा खड्का, विमल खड्का र ध्रुव थापा थिए। सहभागीको दर्ता कोषाध्यक्ष विमल खड्का, सह-कोषाध्यक्ष सुशीला सिंह र कार्यकारी सदस्य अजय खतिवडाले गरेका थिए र स्वयंसेवक समितिमा संयोजक कुमार तामाङ र सदस्यहरूमा हर्कुलस कन्द्ङवा लिम्बु, कुमुदा पोख्रेल र खगेन्द्र राई थिए।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई विजया दशमीको शुभकामना व्यक्त गरे। साथै उनले आर्थिक सहयोग प्रदान गर्ने सबै प्रायोजकहरू, सांस्कृतिक कार्यक्रमका कलाकारहरू, मार्शल आर्ट्सका खेलाडीहरू, स्वयंसेवीहरू लगायत कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमूल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सम्पूर्ण व्यक्तिहरू, व्यवसायीहरू र कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरू लाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा दुई सय ५० जना भन्दा धेरैको सहभागिता थियो ।