पर्खी राईको आइएमए न्यु योर्कले न्यु योर्क ओपनमा जित्यो १८ पदक
न्यु योर्क/ पर्खी राईको इन्टरनेश्लन मार्शल आर्ट्स एसोसिएसन आइएमए न्यु योर्कले न्यु योर्क ओपन करातेमा १८ पदक जितेको छ।
न्यु योर्कको योङ्गर्कसमा आइतवार सम्पन्न च्याम्पियनसिपमा आइएमएले चार स्वर्ण सहित १८ पदक जितेको हो।
आइएमएका संचालक तथा प्रमुख प्रशिक्षक पर्खी राईका अनुसार उनको स्कुलबाट न्यु योर्क ओपनमा १५ जनाले भाग लिएकोमा १३ जनाले पदक जितेका छन्। त्यसमा ६ जनाले दोहोरो पदक जितेका छन्।
१५ वर्ष उमेर समूहमा सौरभी गौतमले कातामा स्वर्ण र कुमुतेमा रजत जितिन्। सोही उमेर समूहमा माधव पुनले कातामा स्वर्ण र कुमुतेमा रजत जिते।
१५ वर्ष उमेर समूहमै कुसुम गुरुङले कुमुतेमा स्वर्ण र कातामा रजत जिते। यस्तै सम्पन्न राईले कुमुतेमा स्वर्ण र कातामा रजत पदक जिते।
१२ देखि १५ वर्ष उमेर समूहमा लिङ्कन देव पुलामी मगरले कुमुतेमा रजत र कातामा काश्य जिते। यस्तै महिम नाफिजले कातामा रजत र कुमुतेमा कास्य पदक जिते।
यही उमेर समूहमा एशिया गुरुङले कातामा रजत, प्रीति गुरुङले कुमुतेमा रजत, स्प्रेजाले कुमुतेमा काश्य, सृजन राईले कातामा काश्य, स्वर्णिमले कुमुतेमा काश्य र अनिता श्रेष्ठले कुमुतेमा काश्य जिते।