दसैंको ५ औं दिन स्कन्दमाताको पूजा गरिँदै

आज आश्विन शुक्ल पञ्चमी, नवरात्रको ५ औं दिन, विशेषरूपमा स्कन्दमाताको पूजा आराधना गरिँदै छ।
स्कन्दमाता, सनत्कुमार (स्कन्द) की माता पार्वतीको रूप भएकाले यस दिन भक्तजनहरूले उहाँको विशेष पूजा गर्ने चलन छ।
वैदिक सनातन धर्मअनुसार, नवरात्रका नौ दिनहरूमा दुर्गा देवीका नौ विभिन्न रूपहरूको आराधना गरिन्छ, र यसै क्रममा आज पाँचौँ रूप स्कन्दमाताको पूजा विधिपूर्वक गरिँदैछ।
नवरात्रको पहिलो दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवत, र देवी स्तोत्रहरूको पाठ गरिन्छ।
धार्मिक विश्वास अनुसार, देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य, र विद्या प्राप्त हुन्छ।
यस अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ, र पूजाआराधनाका माध्यमबाट मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति प्राप्त हुने विश्वास गरिन्छ।