परराष्ट्र मन्त्रीलाई साक्षी राखेर प्रधानमन्त्रीले गरे राष्ट्रपतिलाई राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्यु योर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए।
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली टोलीले राष्ट्रसंघको महासचिवमा भाग लिएको थियो।
फोटो प्रधानमन्त्रीको सचिवालय