दुर्गा प्रसाईं १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा
काठमाडौं। मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईं १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतले दुईवटा मुद्दामा जनही ५०-५० हजार धरौटी माग गरेपछि मंगलबार बेलुका उनी रिहा भएका हुन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार नै धरौटी माग गरेका थिए।
प्रहरीको साइबर ब्युरोले असोज ६ मा उनलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले दुर्गा प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।
उनलाई एक महिलाको चरित्र हत्या गरेको आरोप लागेको छ।