दुर्गा प्रसाईविरुद्ध साइबर अपराधका २ वटा मुद्दा दर्ता
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा यी मुद्दाहरू दायर गरेको हो।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एक मुद्दा दायर गरिएको छ भने, सामाजिक सञ्जालमार्फत गरिएको चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता गरिएको छ।
मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। उनलाई यसअघि असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।