नेपालमा डिजल र पेट्रोलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा कमी गरिएको छ। सोमबार राति १२ बजेबाट लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ, हवाई इन्धनको आन्तरिक उडानमा ६ रुपैयाँ र बाह्य उडानमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५८ रुपैयाँ प्रति लिटर, डिजेल र मट्टीतेलको मूल्य १४७ रुपैयाँ प्रति लिटर पुगेको छ।
यद्यपि, एलपी ग्याँसको मूल्य भारतबाट ४१ रुपैयाँले बढे पनि चाडपर्वलाई लक्षित गरी हाललाई यथावत राखिएको निगमले जनाएको छ। एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसाको घाटा रहेको निगमले जानकारी दिएको छ।