बार अध्यक्ष घिमिरेलाई अबहेलना मुद्दा लगाउने तयारी
काठमाडौं। नेपालको न्याय क्षेत्रमा हालै देखिएको विवादलेनयाँ मोड लिएको छ ।
सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्तागोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनाको मुद्दा चलाउने तयारी गरेपछि फेरि एक पटकबार र बेन्च आमने सामने हुन लागेका हुन् ।
अध्यक्ष घिमिरेले गैरसंवैधानिक न्याय परिषद्नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोपलगाउँदै न्याय पालिकाभित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन् ।
घिमिरेले न्यायालयको भित्रको भ्रष्टाचार र विसङ्गतिबारेकडा आलोचना गरेका थिए ।
त्यसैलाई इस्यु बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतकोअवहेलनाको रुपमा ब्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको अदालत स्रोतले जनाएको छ ।
अदालतमा विकसित पछिल्लो घटनाक्रमबारे छलफलगर्न बारले आजै अपरान्ह ५ बजे विशेष बैठक बोलाएको छ । बैठक बारको सभाहलमा बस्ने छ ।