सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य स्थिर
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । जुन बुधबारको रेकर्डलाई तोड्ने क्रममा आएको हो।
विहीवार सुनको मूल्यमा ३०० रुपैयाँको वृद्धि भएको छ। जबकि बुधबारको मूल्य एक लाख ६० हजार ४०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।








