प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल
काठमाडौँ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ। क्यानडाको संसदमा गरिएको छलफलपछि ल्याइएको यो प्रस्ताव २११ विरुद्ध १२० मतले असफल भएको थियो।
तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेका छन्। जसले ट्रुडोको समस्या आगामी दिनमा कम हुने देखिएको छैन। कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकारलाई बढ्दो मुद्रास्फीति, आवास संकट, र अपराध नियन्त्रणमा असफल भएको आरोप लगाएका छन्।
पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको विभिन्न रिपोर्टहरूले संकेत गरेका छन्। कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रे ओपिनियन पोलमा अगाडि देखिनुका साथै, उनले देशमा तत्काल चुनावको माग पनि गरेका छन्।
यस महिनाको सुरुवातमा वामपन्थी न्यू डेमोक्र्याटिक पार्टी (एनडीपी) ले ट्रुडो सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि, ट्रुडो सरकारको स्थिति कमजोर भएको छ। एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई समर्थन गर्दै आएको थियो, जसले ट्रुडोको सत्तामा रहन मद्दत गरेको थियो।
पोइलिभ्रेले ट्रुडोको सरकारलाई हरेक मोर्चामा असफल भएको बताउँदै, मुलुकमा मुद्रास्फीति र आवास संकटको अवस्थालाई गम्भीर रूपमा चिन्न गरेका छन्।