नेपालमा उत्पादित तरकारी कतारी भान्सामा
काठमाडौँ। नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा यो महत्वपूर्ण पहल भएको हो।
काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई हस्तान्तरण गरिएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।
प्रमुख बस्नेतले भने, “आजको कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई तरकारी हस्तान्तरण गरेका छौँ। यस कदमले नेपालको कृषि क्षेत्रको प्रगति र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहिचानलाई सघाउनेछ।”
कृषि विभागका महानिर्देशक डा. नरहरीप्रशाद घिमिरेले भने, “नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा हो। यसले नेपाली कृषकलाई प्रोत्साहन दिने र मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने छ।”
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्ष जेल सजाय
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो। यस कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई विशेष तालिम र आवश्यक कृषि सामग्री प्रदान गरिएको थियो। यसले किसानलाई उत्पादन बढाउन र निर्यातमार्फत आर्थिक लाभ प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कातारमा निर्यात गर्नका लागि पठाइएका तरकारीहरूमा रातो चेरी मिर्च खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला समावेश छन्। यसका साथै, तरकारी उत्पादनका लागि चाइना फाउण्डेशनले किसानलाई विशेष तालिम र आवश्यक कृषि सामग्री उपलब्ध गराएको थियो।
यस समारोहमा, कतारी राजदूत अन्सारीले नेपालबाट पठाइएका ताजा तरकारीहरूको ताजापन र गुणस्तरको प्रशंसा गर्दै, कतारको बजारमा नेपाली उत्पादनको उच्च मूल्याङ्कन भएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला प्रतिबन्ध
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडि) नेपालको कार्यालयले चीनबाट सफल ग्रामीण विकास अभ्यासलाई नेपाली समुदायमा हस्तान्तरण गर्न अग्रपङ्क्तिमा रहेको छ। फाउण्डेशनले नेपाली समुदायको जीवनस्तर उकास्ने मुख्य लक्ष्यका साथ प्रारम्भमा प्लम्बिङ र इलेक्ट्रीशियनको व्यावसायिक तालिममार्फत सीप विकासमा ध्यान केन्द्रित गरेको थियो।
सन् २०२३ मा, सिएफआरडिले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा बेमौसमी तरकारी उत्पादनमा विशेष तालिम प्रदान गरेर दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग गरेको पनि आजको कार्यक्रममा जानकारी दिइएको थियो।