अफगानिस्तानमा शक्तिबर्धक पेय पदार्थको आकर्षण बढ्दो
काठमाडौं । अफगानिस्तानमा शक्तिबर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स)प्रतिको आकर्षण बढ्दै गएको छ। क्याफिन र चिनीको उच्च मात्राले भरिएका यी पेय पदार्थहरूलाई अफगानी नागरिकले अपर्याप्त आहारको पूरकको रूपमा प्रयोग गर्न थालेका छन्।
तालिबान सत्तामा आएपछि पश्चिमी प्रभावका धेरै चीजहरूमा प्रतिबन्ध लागे पनि, इनर्जी ड्रिङ्क्सको खपतमा भने कुनै कमी आएको छैन।
अफगानिस्तानमा मदिरामा प्रतिबन्ध छ, तर इनर्जी ड्रिङ्क्स भने युवा पुस्तादेखि बालबालिकासम्म सबैले उपभोग गर्ने वस्तु बनेको छ।
हेरातको सुपरमार्केटमा व्यापारी मिलाद गजनवीका अनुसार, “युवाहरूको कठिन जीवनमा इनर्जी ड्रिङ्क्स एक लत बनेको छ।”
आरके समूह सर्वोच्चमा, केसी र घले विपक्षी
अफगानिस्तानका ९० प्रतिशत नागरिकहरू गरिबीबाट पीडित छन्, र तीमध्ये धेरैले दैनिक कठिन श्रम गर्दा थकान मेटाउन इनर्जी ड्रिङ्क्सलाई रोज्छन्।
स्थानीय ब्रान्डहरू सस्तो मूल्यमा उपलब्ध छन्, जसले गर्दा आयातित महँगा ब्रान्डहरूको सट्टा उनीहरू यस्ता पेय पदार्थमा निर्भर हुन्छन्।
यद्यपि स्वास्थ्य विशेषज्ञहरूले अत्यधिक क्याफिनको सेवनले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
अफगानिस्तानका नागरिकले भने अन्य ऊर्जा स्रोतको अभावमा यी पेय पदार्थलाई नै विकल्पको रूपमा स्वीकार गरेका छन्।