इरानका नव निर्वाचित राष्ट्रपति इराक भ्रमणमा
इरानका नव निर्वाचित राष्ट्रपति मसूद पेजेस्कियनले पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा इराकको भ्रमण गरेका छन्।
बुधबार इराक पुग्दा उनलाई इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले स्वागत गरे। यो भ्रमणलाई इरानका छिमेकीहरूसँग सम्बन्ध सुधार्न र अमेरिकी नेतृत्वमा लागेको प्रतिबन्धहरू कम गर्नको प्रयासको रूपमा हेरिएको छ।
पश्चिमी देशहरूले रूसलाई छोटो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेको आरोपमा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि पेजेस्कियनको इराक भ्रमणलाई थप महत्वपूर्ण मानिएको छ।
इरानी विदेश मन्त्रालयले पश्चिमी राष्ट्रहरूको शत्रुतापूर्ण कदमका लागि उपयुक्त प्रतिक्रिया दिने चेतावनीसमेत दिएको छ।
अफगानिस्तानमा शक्तिबर्धक पेय पदार्थको आकर्षण बढ्दो
इराक र इरानबीचको सम्बन्ध, खासगरी २००३ मा अमेरिकी आक्रमणपछि, निकट रहँदै आएको छ। राष्ट्रपति पेजेस्कियनले इरान र इराकबीचको मित्रता र धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भ्रमण गरेका हुन्। उनले इराकको शिया पवित्र सहर नजफ र कर्बालाको तीर्थस्थल भ्रमण गर्ने र कुर्दिश क्षेत्रीय राजधानी अरबिलमा अधिकारीहरूसँग भेटवार्ता गर्ने योजना रहेको छ।
यागी आँधीबाट भियतनाममा १२७ जनाको मृत्यु