चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत बन्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश दिएका हुन् ।
पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् ।
नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ: प्रधानमन्त्री ओली
उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिश गर्ने बताइएको छ ।
कांग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी
यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो ।