अमेरिकाको टेक्ससमा चितवनवासीको वनभोज
डालस, टेक्सस। नेपालीहरूले मनाउने विभिन्न चाडबाडहरूको लहर आउँदै छ। तिज सँगै दशैं तिहारको माहौल अमेरिकामा पनि तात्दै गएको छ।
व्यस्त जीवनको बाबजुद समय निकालेर वा बिदा लिएर प्रवासमा पनि विभिन्न गतिविधि गरेर दशैं तिहार मनाइंदैछ।
यही मेसोमा टेक्ससको डालस फोर्ट वर्थ वरिपरि बसोबास गर्ने चितवनवासीहरूले एक पिकनिक कार्यक्रम आयोजना गर्दैछन। सेप्टेम्बर १५ आइतबार डालस नजिकै रहेको ग्रेपभाइन सिटीमा अवस्थित लेकको पेभिलियनमा आयोजना हुँदै छ। पिकनिक आयोजना गर्न विभिन्न समितिहरू निर्माण गरी कामहरू भइरहेको आयोजकले बताएका छन्।
टेक्ससमा चितवनवासीहरूको सङ्ख्या निकै ठुलो छ। यस्तोमा एक आपसमा परिचय गर्न, समाजमा एकता प्रदर्शन गर्न र परेको बेला सहयोग समेत गर्न सक्ने आधार तयार हुनसक्ने आशा सहित यो पिकनिक आयोजना गर्न लागिएको जनाइएको छ।
यसको लागि सम्पूर्ण चितवनवासी दाजुभाइ दिदी बहिनीहरूलाई चुलो निम्तो गरिएको छ भने यसमा सहभागी भएर रमाइलो गर्न कुनै शुल्क निर्धारण गरिएको छैन, अर्थात् निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पिकनिक सो दिन दिउसो १२ शुरु भै ५ बजे समापन हुनेछ।
पिकनिक कार्यक्रममा कुनै भाषण नहुने तर मनोरञ्जनात्मक कार्यक्रमहरू भने प्रशस्त राखिएका छन्। उक्त अवसरमा उपस्थित भै रमाइलो गर्न चितवन पिकनिक व्यवस्थापन समूहले आव्हान गरेको छ। उपस्थित हुन चाहनेले निर्माण फेसबुकमा निर्माण गरिएको इभेन्टमा गएर “गोइङ्ग ” मार्क गर्न समेत अनुरोध गरिएको छ।
वनभोज आयोजनका लागि सूचना
आदरणीय चितवनवासी आमा,बुवा, दिदी, बहिनी तथा दाजुभाइहरू नमस्ते ।
आउने सेप्टेम्बर १५ मा हुन गइरहेको चितवन घर भएर हाल टेक्सस मा बस्ने सम्पूर्ण चितवनवासीहरूको वनभोज कार्यक्रम हुन गइरहेको ब्यहोरा अनुरोध गर्दै चितवनमा जन्म भई अन्यत्र कार्यक्षेत्र बनाएका, अन्यत्र जन्म भई चितवन स्थाइरूपमा बसाइ सरेका र चितवनसँग वैवाहिक सम्बन्ध जोडेका सम्पूर्ण महानुभावहरूलाई आफ्नो तालिका मिलाउनु हुन अनुरोध गर्दै खाना , पार्किङ, चम्चा,प्लेट र बन भोजसम्बन्धी अन्य कुराहरूको व्यवस्थापन गर्नको लागी अनुमानित उपस्थित हुने महानुभावहरूको सङ्ख्या थाहा पाउनको लागी यो कार्यक्रम गरेका छौँ । त्यसैले यो लिङ्कमा “गोइङ्ग“ गरेर यो लिङ्कलाई सेयर गरिदिनुहुन अनुरोध छ ।