सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा सांंसद् झाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारमन्त्री र सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारका प्रवक्ता र मन्त्रीले प्रहरी संगठनका प्रमुखले बोल्दा ‘जिब्रो थुतिदिन्छु’ भनेको छ भने त्यसमा कहाँको वाक स्वतन्त्रता हुन्छ भनेर प्रश्न गरे।
उनले लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन रहेको उल्लेख गर्दै भने, ‘प्रहरी संगठनका प्रमुखले संगठनिक चुनौती अभिव्यक्त गर्दा सरकारले ‘जिब्रो थुतिदिन्छु’ भनेको छ भने, त्यसमा कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र हो?’