पेन्सिल्भेनिया नेपाली गुठीको पिकनिक सम्पन्न
पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया नेपाली गुठी (पीएनजी) को समर पिकनिक सम्पन्न भएको छ।
पीएनजीले गत शनिवार मोन्टगोमेरी काउन्टीमा रहेको डीप क्रिक पेभिलनमा पिकनिक आयोजना भएको थियो।
पीएनजीका अध्यक्ष विमल मोक्तानका अनुसार पिकनिकमा बालबालिका देखि जेष्ठ नागरिक सम्म गरी करिब दुई सय जना सहभागी भएका थिए।
यस क्षेत्रमा रहेका नयाँ तथा पुराना नेपाली बिचमा परिचय गराउन पनि पिकनिक आयोजना गरिएको अध्यक्ष मोक्तानको भनाई छ।
‘खानपिन, भेटघाट र रमाइलो त छदै छ, यसरी सार्वजनिक ठाउँमा पिकनिक गर्दा विषेश गरी नयाँ पुराना नेपाली बिचमा सम्पर्क गराउन पनि सहज हुने रहेछ।’ मोक्तानले भने।
‘यहाँ तिसौँ वर्ष बसोबास गरेका नेपाली पनि छन्, भर्खर आएकाहरू पनि छन्, हामी सबै एकै परिवारका हौ र आवश्यकता अनुसार एकले अर्कोलाई सहयोग गर्नु पर्छ भनेर हामीले गुठीको स्थापना गरेका हौ।’ उनले भने, ‘हामीले हरेक वर्ष पिकनिक गर्दै आएका छौ, जहाँ हामी एक आपसमा परिचय गर्ने गर्छौ।’
पिकनिकमा गुठीले सञ्चालन गरेको नेपाली भाषा पाठशालाका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। गुठीले हरेक हप्ताको आइतबार आफ्नै भवनमा नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ।