माओवादी स्थायी समितिको बैठक बस्दै
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बस्ने भएको छ। बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
स्थायी समित बैठक अगाडि माओवादीको पदाधिकारी बैठक बस्नेछ। पदाधिकारीको बैठक बिहान ११ बजे बस्ने बताइएको छ।
स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ।
सरकारबाट बाहिरिएपछि माओवादीले पहिलो पटक स्थायी समिति बैठक बोलाएको हो।








