वद्री केसी समूहको पूर्ण सुनुवाई मंगलबार पनि भएन
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको मुद्दाको सुनुवाई अर्को साता हुने भएको छ । ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिसहित १० औं तीन जना अध्यक्षसहित समानान्तर गतिविधि गर्दै आएको एनआरएनएको आइसीसी अवैध ठहर गरेको थियो ।
तर, सोल्टी होटेलमा भएको ११ औं अधिवेशन अन्तर्गत डा. वद्री केसीसहित नेतृत्वको कार्यसमितिका ४ जनाले सर्वोच्च अदालतमा काम गर्न पाउनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
गैरआवासीय नेपाली संघको ११ औ महाधिवेशनबाट निर्वाचित अन्तराष्ट्रिय समन्वय परिषद्को तर्फबाट अख्तियार प्राप्त ऐ का सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना समेत जना ४ ले परराष्ट्र मन्त्रालय सिंहदरबार काठमाडौं र नीति योजन विकास कुटनिति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । गत वैशाख २४ गते पहिलो पटक पेशी तोकिए यता मंगलबारसम्म १२ पटक पेशी चढेको छ ।
पहिलो पेशीबाट कारणदेखाउ आदेश जारी भएयता असार ७ गते पूर्ण सुनुवाईको लागि पेश गर्न भनिएको थियो । त्यतिबेला विश्वम्भर प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले पूर्ण सुनुवाईका लागि भनेपछि असार २५ गते प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश गरेको थियो । त्यसपछि साउन १५ गते मंगलबार डा. कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पनि अन्य आदेश गर्दै अर्को मंगलबारलाई पेशी तोक्न भनेको छ ।
एनआरएन टोलीलाई भेट्दै प्रधानमन्त्रीले भने ‘म सधैं साथमा छु’
यसअघि सपन मल्ल प्रधान र डा नहकुल सुवेदीको इजलासले १० औं अधिवेशनबाट निर्वाचित तीन अध्यक्ष, कुल आचार्य,रविना थापा र डा. वद्री केसीका साथै त्यतिबेलाको शेघ घले समूहका अध्यक्ष विनोद कुँवरको कार्यसमितिका साथै केसी समूहले सोल्टी होटेलमा गरेको निर्वाचनलाई पनि अवैध घोषणा गरेको थियो ।
उक्त फैसला अनुसार दशौं अधिवेशन गर्दा बनेको शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ब्युँत्याइएको छ । फैसलाको पूर्ण पाठ सार्वजनिक नभएकाले घलेले कुनै पनि प्रक्रिया अघि बढाएका छैनन् । घलेले पूर्ण पाठ कुरेको बताइरहेका बेला वद्री समूह अदालतमा काम गर्न पाउनु पर्ने माग गर्दै गएका हुन् ।
सरकार फेरिएसँगै एनआरएनए बद्री समूह फुलगुच्छा सहित मन्त्रीको दैलोमा
तर, अदालतको पूर्ण सुनुवाईका लागि अहिले पनि प्रधान र सुवेदीको इजलासले गरेको फैसलाको पूर्ण पाठ कुरेकाले पटक पटक पेसी सर्दै आएको छ । अब मंगलबारभित्र फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि सुनुवाई अघि बढ्ने अदालतमा निवेदन दिएका केसी समूहका सह–कोषाध्यक्ष कृष्ण तिम्सिेनाले जानकारी दिए ।
एक महिनाभित्र पहिलो बैठक बस्न एनआरएनलाई आदेश (पूर्णपाठ)
July 30, 2024 @ 10:19 am
[…] […]