हत्केला चिलायो भने पैसा जान्छ त…
काठमाडौं । नेपाली समाजमा दाहिने हात चिलायो भने पैसा जान्छ र देब्रे हात चिलायो भने पैसा आउँछ भन्ने चलन छ । तर हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि रोगको सङ्केत हो । हातको राम्रो सरसफाइ , लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ ।
छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ। कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।
झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ। झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ। बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् ।
किन चिलाउँछ त हत्केला ?
खानेकुराको एलर्जीको कारण
कलेजोसँग सम्बन्धित समस्याको कारण
छालाको समस्याले पनि हत्केला चिलाउँछ ।
नाडी तथा हातमा कुनै चोटपटक लाग्यो भने हात र औँलामा पीडा हुन्छ । जसले गर्दा हत्केला पनि चिलाउने गर्दछ । धेरै लेख्दा, टाइप गर्दा तथा हात र औँलाको बढी प्रयोग गर्दा पनि हत्केला चिलाउने गर्दछ । यसलाई कार्पल टनेल सिन्ड्रोम भनिन्छ ।
छालाको कोषहरु तीव्र वृद्धि भएमा पनि हत्केला चिलाउने गर्दछ ।
समाधान कसरी गर्ने ?
छालालाई सुख्खा नराख्ने
हत्केला बेस्सरी रगेडेर नकन्याउने
हातको राम्रो सरसफाइ ध्यान दिने