म हुँ किसान
किसानको छोरो म हुँ किसान
किसान नाम नै हो मेरो सान
कृषकको कर्म गर्न कै लागि
खेतबारी मै हुन्छ यो मेरो ज्यान ।
पालेको छु मैले भैंसी र गाई
ठान्दछु तिनलाई सरह माई
बुझेर तिनको सांकेतिक भाषा
सेवामा तल्लिन हरदिन रमाई ।
गाई भैंसी दिन्छन घ्यू दूध टन्न
उन कै मलबाट उब्जन्छ अन्न
गोरु र रॉगाले जमीन जोतेर
सजिलो पार्ने खेतबारी खन्न ।
जॉगर गर्छु कुटो कोदालो खन्न
अन्नबाली स्याहार्दा भकारी टन्न
रहर छैन बसाई शहर र बिदेशको
गर्व गर्छु आफूलाई किसान भन्न ।
मेरो पौरख सुनेर जो हेर्न आउछ
दूध दही मोहीको स्वागत पाउछ
ताजा र स्वादिष्ट फलफूल खॉदै
अन्नबाली पशुपंक्षी हेरेर रमाउछ ।
हरदिन खेतबारीमा पसिना बहाउछु
परिश्रमीहरुकै गुणगान म गाउछु ।
उब्जाई फलफूल तरकारी अन्न
आयात घटाउन देशलाई सघाउछु ।
बन्धु पोख्रेल
आषाढ़ २७, २०८१