प्रचण्डले सत्ताको खेल बुझ्न सकेनन् : चित्रवहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससंगको समिकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससंग समिकरण तोडेपछि एमालेले खेल्ने ठाँउ पाएको र अहिलेको अवस्था आएको टिप्पणी गरेका हुन् ।
अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए ।
माओवादीसंगको समिकरणपछि एमालेले मन्त्रीमण्डलमा पठाएका व्यक्ति हेर्दा समिकरण लामो समय नजाने आंकलन सवैले त्यसैबेला गरेको उनले बताए ।
उहाले अहिले कांग्रेस–एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अव हुनेवाला केहि नभएको जिकिर गर्नुभयो ।