सत्ता समीकरण फेरिने हल्ला मात्र हो : गृहमन्त्री लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।
उनले भने- ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।