टी २० विश्वकप: नेपाल र श्रीलंका बिचको खेल ८:३० मा मैदान निरीक्षण हुने

Getting your Trinity Audio player ready...
|
फोर्ड लाउडरहिल,फ्लोरिडा/ आइसीसी टी २० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बिच खेल हुने मैदानको निरीक्षण ८:३० बजे हुने भएको छ।
निर्धारित समय अनुसार खेल साँझ साँढे सात बजे सुरु हुनु पर्ने थियो। तर बिहान सबेरै देखिको झरीका कारण अझै खेल हुने नहुने निश्चित छैन।
यो समाचार तयार पर्दा सम्म वर्षा रोकिएको छ।
मैदानलाई सुख्खा बनाउन कर्मचारी लागि परेका छन्। आइसीसी अधिकारीले साँढे आठ बजे मैदानको निरीक्षण गरे पछि थप जानकारी दिने जनाएका छन्।
नेपाली टिमको जर्सी लगाएका समर्थकहरू प्याराफिटमा उपस्थित भइसकेका छन्।