बाना कप भलिबलको उपाधि सजनी टेक्ससलाई

मेरील्याण्ड/ बाना कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सजनी क्लब डालस टेक्ससले जितेको छ।
बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) द्वारा आयोजित प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा रिजउड न्यु योर्कलाई तीन एकको सेटमा हराउँदै सजनीले दोस्रो पटक बाना कप जितेको हो।
पहिलो सेट गुमाएर कुनै समय एक शुन्य सेटले पछाडि परेको सजनीले खेलमा कम ब्याक गरेको हो। पहिलो सेट रिजउडले २५-१९ले जितेको थियो। दोस्रो सेट सजनीले २५-२३ ले जित्दै खेल बराबरीमा ल्यायो। त्यस पछिका दुई सेट २५-१८ र २५-१५ जित्दै साजनीले उपाधि टेक्सस लग्यो।
सजनीले यस अगाडि दोस्रो संस्करणको उपाधि समेत जितेको थियो।
दोस्रो पटक उपाधि नजिक पुग्ने क्रममा सजनीले आइतबार नै भएको सेमिफाइनलमा पर्वत समाज न्यु योर्कलाई हराएको थियो।
यस्तै रिजउडले सेमिफाइनलमा बाग्लुङ समाजलाई हराएको थियो।
आइतबार नै बाना र बेल्टमन्ट भलिबल क्लब मेरील्याण्ड बिच मैत्री खेल खेलाइएको थियो।

बानाका उपाध्यक्ष तथा खेल संयोजक भीम केसीका अनुसार प्रतियोगितामा पुरुष तर्फ १२ टिम रहेका थिए। दुई दिने प्रतियोगितामा सहभागी टिमलाई चार समूह विभाजन गरी खेलाइएको थियो।
उपाधि सँगै सजनीले ६ हजार अमेरिकी डलर प्राप्त गर्यो। यस्तै दोस्रो भएको रिजउडले ३५ सय डलर पायो।

प्रतियोगितामा टेक्ससका मनोज गौतम वेस्ट प्लेयर घोषित भए। यस्तै वेस्ट स्पाइकर रिजउडका ध्रुव श्रेष्ठ, वेस्ट डिफेन्डर टेक्ससका गणेश मल्ल र वेस्ट ब्लकर न्यु योर्कका प्रसन्न लिम्बु घोषित भए।
पुरस्कार वितरण समारोहमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य तथा नेपाल खेलकुद महासंघको उपाध्यक्ष नन्दा बत्स्याललाई सम्मान नगरिएको थियो।