सदन चलाउने विषयमा सत्ता पक्ष र कांग्रेसबीच सहमति
काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनाैपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले मंगलबार संसद चल्ने सहमति भएको जानकारी दिए ।
आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए ।
त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे ।
कांग्रेस नेता रमेश लेखकले पनि सहमति जुटेको पुष्टि गर्दै कार्यदलले कार्यादेशबारे टुंगोमा पुग्ने बताए ।
सहमतिमा सहकारी छानविन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुने छैन ।
सहकारीहरुको नाम उल्लेख गर्ने र त्यसमा रहेका जुन सुकै पदमा भए पनि छानविनको दायरामा ल्याउने पदावली प्रयोग भएको जनाइएको छ ।