सन्दीपले टी-२० विश्वकप नखेल्ने, अमेरिकन दूतावासले भिसा दिएन
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् ।
यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।
उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए । जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।
तर, अन्तर्वार्ताका लागि गए पनि उनीलाई भिसा नदिइएको हो । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।
नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ ।