नेपाली युवकको मलेसियामा मृत्यु
काठमाडौं । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
मेलौली नगरपालिका – १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।