नेपाली क्रिकेट टिमलाई फ्लोरिडामा ‘मिट एन्ड ग्रिट’
पेन्सिल्भेनिया । आइसीसी टी २० विश्वकप क्रिकेट खेल्न गएको नेपाली टोलीले नेपाली समूदायसँग साक्षातकार गरेको छ ।
नेपलीज एसोसिएसन अफ फ्लोरिडा र जिरा इन्डियन कुजिनको आयोजनामा ‘मीट एन्ड ग्रीट’ भएको कार्यक्रममा सबै नेपाली खेलाडी र अफिसियलहरु सहभागी भएका थिए ।
नेपाली समूदायसँको भेटघाटको मुख्य उद्दश्य भनेको विश्वकपमा नेपाली क्रिकेट टिमको माहोल बनाउने र खेल हेर्न जानका लागि अपिल गर्ने रहेको थियो । सो अबसरमा खेलाडीहरुले साक्षात्कार पनि गरेका थिए ।
नेपाली टोलीलाई नेपलीज एसोसिएसन अफ फ्लोरिडाका उपाध्यक्ष विनोद बस्नेत, सुमन सुवेदी, प्रिती भण्डारी र सुधन सुवालले खादा लगाएर स्वागत गरेका थिए । नेपाली टिमका म्यानेजर प्रदीप मजगैँयाले आयोजकलाई मायाको चिनो प्रदान गरेका थिए ।
नेपाली क्रिकेट टिम आइतबार त्यहाँबाट वेस्टइन्डिज प्रस्थान गर्ने छ ।
वेस्टइन्डिजमा अभ्यास गरेपछि टी २० विश्वकप खेल्नका लागि फेरि अमेरिका आउने छ । नेपालल आइसीसी टी २० विश्वकपको समूह डीमा रहेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको यात्रा थाल्ने छ ।