लस एन्जलसमा गोली चल्दा सात जना घाइते
पेन्सिल्भेनिया । अमेरिकाको लस एन्जलस क्षेत्रमा भएको गोलीकाण्डमा सात जना घाइते भएका छन्ज ।
चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
लङ बिच अधिकारीहरूले शनिबार राति ११:१५ बजे दक्षिण स्ट्रीट-पैरामाउन्ट बुलेभार्ड क्षेत्रमा गोली चलेको बताएका छन् ।
कम्तीमा सात जनालाई गोली लागेर क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
तीमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
अधिकारीहरू पुग्नु अघि संदिग्धहरू भागेका र गोली चलाउनुको सम्भावित कारण थाहा नभएको बताइएको छ।