च्याम्पियन मार्शल आर्ट्सले हिराल्डासाई शोबुकान कप करातेमा जित्यो तीन पदक
न्यु योर्क/ २५औँ हिराल्डोसाई शोबुकान कप च्याम्पियन मार्शल आर्ट्स क्लब-यूएसएले तीन पदक जितेको छ।
च्याम्पियन मार्शल आर्ट्स क्लबमा-यूएसएमा साग स्वर्ण विजेता सुनिल लामा प्रशिक्षक छन्। लामाका अनुसार आइतबार न्यु योर्कमा भएको च्याम्पियनसिपमा यांगतेन लामा स्वर्ण पदक जिते। उनले १०-११ वर्ष ब्वाइज इन्टरमिडियट कुमितेमा सो सफलता पाएका हुन्।
यस्तै गल्स १६ देखि १७ वर्ष उमेरमा इन्टरमिडियट कुमितेमा याङ्जुम लामाले रजत पदक पाइन। गल्स १४ देखि १५ वर्ष विगिनरमा सोमिता लामा पनि रजत पदक पाइन्।
प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यका दुई सय भन्दा धेरै खेलाडीले भाग लिएका थिए। बिहान नौ बजे देखि साँझ ६ बजे सम्म पाँच वटा तातामीमा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीले प्रतियोगिता खेलाएका थिए।