न्यु योर्कमा सम्पन्न हिराल्डोसाई शोबुकान कराते: आईएमए निहोनलाई १७ पदक
न्यु योर्क/ हिराल्डोसकाई शोबुकान कराते च्याम्पियनसिपको २५ औँ संस्करणमा आईएमए निहोनले दुई स्वर्ण सहित १७ पदक जितेको छ।
क्विन्स स्थित एल्मकोर सेन्टरमा आइतवार सम्पन्न च्याम्पियनसिपमा आईएमए निहोनबाट सहभागी सबैले पदक जितेका हुन्। आईएमए निहोन नेपाली प्रशिक्षक शान्त थोकरले सञ्चालन गरेको कराते स्कुल हो।
आईएमएबाट सहभागी मध्ये दुई जनाले स्वर्ण, दश जनाले रजत र पाँच जनाले कांस्य पदक पाए । यूसेई ओशिमाले व्यक्तिगत सीनियर एडभान्स कातामा स्वर्ण पदक जिते । यस्तै नेल्जोर दोर्जीले जूनियर कातामा स्वर्ण जिते ।
यसै गरी रितिशा गुरुङले व्यक्तिगत कातामा रजत र कुमितेमा कांस्य गरी दुई पदक जितिन्। सृष्टि गिरीले गर्ल्स क्याडेट एडभान्स काता तर्फ कांस्य पदक पाइन्।
श्रीयश गिरीले व्यक्तिगत जूनियर एडभान्समा काता तर्फ कांस्य पदक हासिल गरिन्। पल्शी गुरमाचनले कुमितेमा रजत र काता कांस्य गरी दोहोरो पदक जितिन्।
मिनातो ओशिमाले काता तथा कुमिते दुवै तर्फ कांस्य पदक जिते। अलान ईजेलोले व्यक्तिगत कुमितेमा रजत पदक जिते। हमलेट ईजेलो, मेथ्यू बुएस्टन , प्रकृति राणा मगर र ईथन पेगरिडोले व्यक्तिगत कातातर्फ रजत पदक जित्न सफल भए ।
प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यका दुई सय भन्दा धेरै खेलाडीले भाग लिएका थिए। बिहान नौ बजे देखि साँझ ६ बजे सम्म पाँच वटा तातामीमा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीले प्रतियोगिता खेलाएका थिए।
प्रतियोगितामा रेफ्री तथा जजमा अन्तर्राष्ट्रिय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेई ओशिमा रहेका थिए।