आम निर्वाचन नजिकिँदै गर्दा गर्भपतनको मुद्दामा ट्रम्प नरम
पेन्सिल्भेनिया/ अमेरिकाको आगामी आम निर्वाचनमा महत्त्वपूर्ण भूमिका खेल्न एउटा मुद्दा हो गर्भपतन ।
अमेरिकामा सन् १९७३ मा “रो भी ओए्ड” मुद्दा मा सर्वोच्च अदालतले गर्भपतनलाई वैधानिकता दिएको थियो । जसलाई ऐतिहासिक निर्णयको रूपमा लिइँदै आएको मा जुन २०२२ मा सोही “रो भी ओए्ड” मुद्दा को नजिर उल्ट्याउँदै “डब्स् भी ज्याक्सन वुमनस् हेल्थ अर्गनाइजेस ” को निर्णयमा फरक निर्णय गर्दै संघिय गर्भपन अधिकार खारेज गरेको थियो ।
गर्भपतन अधिकारको खारेजीमा अधिकांश रिपब्लिकनको समर्थन थियो भने पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पले यसमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आएका थिए ।
गर्भपतन खरो विरोधीका रूपमा चिनिएको ट्रम्प यस पटक चुनावको मिति नजिकिँदै गर्दा भने केही नरम देखिएका छन् । आइतबार एक भिडियो स्टेटमेन्टमा उनले गर्भपतनको अधिकारको निर्णय भने राज्य ले गर्ने बताएका छन् । उनले भनेको छन् गर्भपतन का विषयमा विभिन्न जनताको विभिन्न राय छ । जनताको विचारको सम्मान गर्न गर्भपतनको अधिकार र बन्देजको निर्णय राज्य लाई दिइनु पर्दछ ।
सोही क्रममा ट्रम्पले जबरजस्ती करणी, हाडनाता करणी र आमाको जीवनको जोखिम जस्ता अपवादको अवस्थामा भने सहज गर्भपतन को पक्षमा आफू सधैँ रहेको पनि बताए ।
आम अमेरिकी मूलत युवा पुस्ता र उदारहरू गर्भपतनको अधिकार महिलामा निहित हुनु पर्ने धारण राख्दछन् । यसर्थ पनि आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा गर्भपतनको विषय मा उम्मेदवारको धारण पनि निर्णायक हुन सक्ने देखिन्छ ।
बाइडेनको डेमोक्रयाटिक पार्टी भने गर्भपतनको अधिकार महिलाको अधिकारको रूपमा स्थापित गराउने मा घृढ रहँदै आएको छ । यसै बिच सो मुद्दामा ट्रम्प पनि केही उदार देखिएका छन् ।